RDQA FAQ

स्वास्थ्य संस्थामा सूचना प्रणालीबाट आउने तथ्याङ्कहरुको गुणस्तर परीक्षण गर्न र समग्र सूचना प्रणाली ब्यवस्थापनको अनुगमन तथा मूल्याङ्कनको संरचना, सूचकहरुको परिभाषा, अभिलेख तथा प्रतिबेदनको निर्देशिका, अभिलेख तथा प्रतिबेदन सामाग्री, तथ्याङ्क ब्यवस्थापन प्रक्रिया एवम तथ्याङ्कको प्रयोग जस्ता बिबिध पक्षहरुको मापन गरी सुधारका कार्यक्रमहरु अगाडि बढाउन नियमित तथ्याङ्क परिक्षण प्रणाली प्रयोग गरिन्छ।

यो प्रणाली कुनै पनि स्वास्थ्य संस्थाको सुचना संकलन तथा रिपोर्टिङको जिम्मेवारी प्राप्त कर्मचारीले प्रयोग गर्छ । त्यस्तै, आफ्नो क्षेत्रका स्वास्थ्य संस्थाहरुको सुचना गुणस्तर कस्तो छ भन्ने उदेश्यले स्थानिय निकाय ( नगरपालिकाको कार्यालय वा गाउँपालिकाको कार्यालय)ले पनि यो प्रणाली प्रयोग गर्न सक्छ ।

यो प्रणाली प्रयोग गर्न तपाईंले तपाईंको संस्थाको लागि दिइने username र password प्राप्त गर्नुपर्छ । त्यसका लागि तपाईं phamed@mohp.gov.np मा ईमेल पठाउन सक्नुहुन्छ ।   

यो प्रणाली चलाऊने तरिका भएको भिडियो यहाँ (video_link_here)  छ ।